हेटौँडा १४ मंसिर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।



मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्लेपाखाकी वर्ष ३४ की रुपा स्याङ्तान र पाँच महिनाको शिशुको रहेका छन् ।


दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका भीमबहादुर स्याङ्तान घाइते भएका छन् ।
उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । मृत्यु हुनेहरु भीमका श्रीमती र छोरी हुन् ।
मकवानपुरगढी गाउँपालिका वडा नं. २ धवाडी पुलस्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।








