Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल राष्ट्रिय अभिभावक संघ, नगर समितिले शुक्रबार एक पत्र बुझाए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० पुस ६ | मध्यान्ह १०:०९ बजे

गैंडाकोट ६ पौष गैंडाकोट नगरपालिकामा नेपाल राष्ट्रिय अभिभावक संघ, नगर समितिले शुक्रबार एक पत्र बुझाएकोछ।

नेपाल राष्ट्रिय अभिभावक संघ नवलपुर जिल्ला अध्यक्ष युवराज वाग्लेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेललाई भेटी पत्र बुझाएको हो । नगर समितिको तर्फबाट कार्यवाहक अध्यक्ष खडक बहादुर आले र जिल्लाको तर्फबाट अध्यक्ष युवराज वाग्लेले पत्र बुझाएका हुन ।

arkhala ads

सो प्रतिनिधि मण्डलमा नेपाल राष्ट्रिय अभिभावक संघ नवलपुर जिल्ला उपाध्यक्ष एवं नगर इन्चार्ज लक्ष्मी रसाइली विक र नगर समितिका कार्यवाहक अध्यक्ष खडक बहादुर आले मगरको सहभागिता थियो।

नेपाल राष्ट्रिय अभिभावक संघ विद्यालय तह देखि विश्वविद्यालय तह सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको संगठित सामाजिक संस्था भएको बताउदै,
गैंडाकोट नगरपालिका भित्र हुने कुनै पनि शैक्षिक गतिविधि वा, शिक्षा क्षेत्र संग सम्बन्धित सबै खाले कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक संघको प्रतिनिधित्व गराउनु पर्ने प्रेषित पत्रमा उल्लेख छ।

जिल्ला अध्यक्ष युवराज वाग्ले ले गैंडाकोट नगरपालिकाको शिक्षा समितिमा नेपाल राष्ट्रिय अभिभावक संघको पनिको सदस्यता रहनु पर्ने माग, नगर उपप्रमुख शान्ति कोईराला र शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेल समक्ष मौखिक रुपमा पनि राखेका थिए।

अध्यक्ष वाग्लेले नवलपुर जिल्लाको सबै पालिकाहरुमा नेपाल राष्ट्रिय अभिभावक संघको प्रतिनिधित्व रहने र शिक्षा क्षेत्रमा भएका र हुने गरेका सबै क्रियाकलापहरुमा अभिभावक संघको प्रत्यक्ष वा अप्रत्यक्ष निगरानी रहने बताए ।

जिल्ला उपाध्यक्ष एवं नगर इन्चार्ज लक्ष्मी रसाइलीले आफुलाई गैंडाकोट नगरपालिका हेर्ने गरि नगर इन्चार्जको रुपमा खटाएकोले फेरि पनि गैंडाकोट नगरपालिका संग मिलेर काम पाएको मौका मिलेको बताए ।

समय सापेक्ष सर्वसुलभ शिक्षा र जनमुखी गुणस्तरीय शिक्षाको लागि आफु नगर शिक्षा समिति तथा समग्र गैंडाकोट नगरपालिका संग समन्वय र सहकार्यमा काम गर्ने इच्छा रहेको नगर समितिका कार्यवाहक अध्यक्ष खडक बहादुर आले मगरले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved