चितवन ८ माघ । भरतपुर महानगरपालिका वडा न.८ शान्ति चोकमा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।



बागमती प्रदेश १–०१–०२९ च ४६५४ नम्बरको कारले ना ५९ प ३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर–७ बस्ने ३८ वर्षीय बालकृष्ण गौतम गम्भीर घाइते भएका छन् ।


घाइते गौतमको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको र दुवै सवारी साधन र कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








