Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रथम बुलिङटार वडा अध्यक्ष कप, बृहत सांस्कृतिक कार्यक्रम तथा नि:शुल्क बल जाली वितरण कार्यक्रम हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० माघ २३ | बिहान ०७:१० बजे

बुलिङटार २३ माघ । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ भलायटारमा प्रथम बुलिङटार वडा अध्यक्ष कप भलिबल प्रतियोगिता, बृहत सांस्कृतिक कार्यक्रम तथा नि:शुल्क भलिबल जाली वितरण कार्यक्रम हुने भएको छ ।

बुलिङ भलायटार विकास समाजको आयोजना तथा बुलिङटार गाउँपालिका वडा नं ३ कार्यालयको समन्वयमा बुलिङटार ३ भलायटार झिल्के चौतारीमा हुने समाजका अध्यक्ष अर्जुन पुलामी मगरले जानकारी दिनुभएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसाथ गर्दै माघ २५ गते बृहत सांस्कृतिक कार्यक्रम तथा नि:शुल्क भलिबल जाली वितरण गरिने र माघ २६ गते देखि भलिबल खेल प्रतियोगिता शुरु हुने अध्यक्ष पुलामी मगरले बताउनुभयो । अध्यक्ष पुलामीका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीयलाई रु ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र, तृतीयलाई रु १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वनालाई रु ५ हजार शिल्ड, मेडल र प्रमाणपत्र व्यवस्था गरिएको छ।

arkhala ads

यस्तै बुलिङटार ३ का वडा अध्यक्ष विष्णु वीर जर्घा मगरले विभिन्न टोलहरुमा रहेका खेलाडीहरु बिचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ आउदै गरेको माघे औंसीको अवसरमा टोल स्तरीय खेलाडीहरु बीच मैत्रिपूर्ण प्रथम बुलिङटार वडाध्यक्ष कप भलिबल प्रतियोगिता आयोजनामा ३ नं वडा कार्यालयले समन्वय गरिएको बताउनुभयो ।

यस्तै बुलिङटार गाउँपालिका भित्रका भलिबल खेलमा सकृय टोलहरुलाई नि:शुल्क भलिबल र जाली समेत वितरण गरिने वडा अध्यक्ष जर्घा मगरले बताउनुभयो । नि:शुल्क भलिबल र जाली प्राप्तका लागि भने माघ २४ गते बेलुकी ५ बजे सम्म दर्ता गरिनुपर्ने समाजका सचिव तिलक झेंडी मगरले जानकारी दिनुभयो । माघ २५ गते वितरण गरिने भए तापनि खेलको टाइसित तथा बल जाली व्यवस्थापन गर्नु पर्ने भएकाले माघ २४ गते बेलुकी ५ बजेसम्म मात्र समय तोकिएको सचिव झेंडी मगरले बताउनुभयो । यस्तै माघ २५ गते बृहत सांस्कृतिक कार्यक्रममा भने राष्ट्रिय कलाकार अर्जुन सापकोटा, सुमन थापा, दिपक खड्का लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक संस्थाले दिइएको छ। आयोजक संस्थाका अनुसार बल जाली भने बुलिङटार गाउँपालिका भित्रका भलिबल खेलमा सक्रिय टोल ले मात्रै पाउने छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved