गैँडाकोट ०४ फागुन । नवलपुर र चितवन जोड्ने नारायणी नदी माथिको प्लबाट हाम फालेर एक पुरुष गम्भिर घाइते भएका छन् । आज दिउसो १ : २० वजे पुलबाट नदीमा हाम फालेका गोरखा नगरपालिका वडा नं. १ घर भएका ३३ वर्षका राजन सेवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



नदीमा हाम फालेका उनको तत्काल वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको विपत् व्यवस्थापन सहितको प्रहरीको टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ ।गम्भिर घाइते उनको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । नदीमा हाम फाल्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।










