Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा दादुरा तथा रुबेला खोप अभियान शुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन ९, बुधबार ०८:२७ बजे प्रकाशित

बुलिङटार ९ फागुन । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा दादुरा तथा रुबेला खोप अभियान शुरु भएको छ । बुधबार स्थानीय तह स्तरीय तथा वडा स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठि सम्पन्न गरेको छ ।

कार्यक्रम बुलिङटार गाँउपालिका स्वास्थ्य शाखाको आयोजना तथा बुलिङटार गाँउपालिकाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

arkhala ads

कार्यक्रमको सहजिकरण गर्दै बुलिङटार गाँउपालिका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले दादुरा तथा रुबेला खोप अभियान जिल्लामै पहिलो चरणको अभियान शुरु भएकोे बताउनु भयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले दादुरा तथा रुबेला खोप अभियान २०८०÷८१ को औचित्य र संचालनबारे संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो । उहाँले राष्ट्रिय खोप कार्यक्रमका मूख्य उदेश्यहरु प्रस्ट्याउदै दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न गराउन स्थानीय तहको साधन श्रोत जुटाउन र परिचालन गर्नमा सरोकार वाला सबैसँग समन्वय गरिनु पर्ने बताउनु भयो । श्रेष्ठले यहि फागुन १३ गतेदेखि १७ गतेसम्म यस खोप अभियान शुरु हुने र हरेक वडामा स्वास्थ्यकर्मिहरु परिचालन गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष इन्जिनियर सुनारी मगरले दादुरा तथा रुबेला खोप अभियानबारे स्थानीय गाँउगाँउमा, टोल, समुदायसम्म प्रचारप्रसार गरिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बुलिङटार गाउँपालिकाका उपाध्यक्ष दिलमाया राना, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषाल, बुलिङटार १, ३ र ४ का वडाअध्यक्षहरु, गाँउपालिकाका लेखा अधिकृत बाबुराम तिवारी, योजना शाखा प्रमुख सिताराम खनाल, शिक्षा शाखा प्रमुख बुद्ध प्रसाद रानाभाट, लेखापाल राम बहादुर केसी, बुलिङटार गाँउपालिका कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बुलिङटार गाउँपालिकाको सभाहलमा भएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved