पोखरा ०५ चैत । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यो मन्त्रालयलाई सरकारको सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसअघि यो मन्त्रालय माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले सम्हालेका थिए । केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै जुग्जालीलाई मुख्यमन्त्री पाण्डेले हटाएका थिए ।
यसअघि नेकपा (एकीकृत समाजवादी) का सांसद रहेका मनाङेले आइतबार दल त्यागेको घोषणा गर्दै मन्त्री बन्ने बाटोमा लगेका थिए । सोही अनुरुप उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाए ।
यस्तै, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई दिइएको छ ।



















