काठमाडौँ ६ चैत । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनेकार्यसूची छ ।
आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्नुहुने हुनेछ ।प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको निर्वाचनका लागि यही चैत ७ गते बुधबार दिउँसो ३ बजेको समय तोकिएको छ ।



















