चितवन १९ चैत । चितवनको नारायणगढ नदि किनारमा भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव – २०८० को समय ३ दिन थप भएको छ ।



समय थप भएसँगै आइतबार सकिने महोत्सव बुधबारसम्म लम्बिएको छ । महोत्सव मूल समारोह समितिका संयोजक एवं नेपाल आदिवासी जनजाति महासंघ (निफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै तीन दिन समय थप गरेको जानकारी दिए ।


जनजाति परिसरमा मात्रै ११ जातिको घर निर्माण गरिएको छ । महोत्सव प्रवेश गर्नेहरु तिनै घरसँग तस्बिर खिचाउनमा व्यस्त छन् । सोही परिसरमा आदिवासीजनजाति समुदायमा प्रचलित रैथाने खाना र खाजाका परिकारसमेत राखिएको छ ।








