गैँडाकोट १६ बैशाख । गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ ।



आगलागीबाट स्थानीय तुल बहादुर डिसुवा मगरको घर र गोठ जलेर नष्ट भएको हो । गएराती करिब २ बजेको समयमा आगो लागेको थियो । उक्त आगो, स्थानीय, प्रहरी, जेसिबी र भरतपुर महानगरपालिकाबाट आएका दुई वटा दमकलको सहायतमा बिहान करिब साढे ५ बजेतिर मात्रै नियन्त्रणमा लिइएको थियो । आगलागी बाट डिसुवाको काठको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, केही नगद, गोठमा रहेका कुखुरा, हाँस, र खरायो समेत जलेको प्रारम्भिक विवरण आएको छ ।










