गैंडाकोट १६ बैशाख । नेपाल मगर संघ नगर समिती गैंडाकोट र सुन्दर गण्डकी भेजा समितिद्वारा तत्काल आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।



गैंडाकोट नगरपालिका वडा न.०३ ढोडेनीमा आज राति करिब २ बजे तिर श्री तुल बहादुर डिसुवा मगरको घर आगलागि भइ सम्पुर्ण धन मल,कागजात ,लत्ताकपडा र रासनपानी पुर्ण रूपमा क्षति भएकोले नेपाल मगर संघ सुन्दर गण्डकी भेजा का अध्यक्ष श्री खडग बहादुर आले मगर ज्युको पहलमा नेपाल मगर संघ नगर समिति गैंडाकोट र भेजा समितिले तत्काल आवश्यक सामाग्री नगर अध्यक्ष श्री दुर्गा बहादुर मसराङ्गी मगर ज्युको उपस्थितिमा हस्तान्तरण गर्नु भएको छ ।
साथै थप सहयोगको लागि हार्दिक अनुरोध गर्नु भएको छ ।









