- धन बहादुर सिन्जाल
- बुलिङटार २७ वैशाख ।
बुलिङटार गाउँपालिका वडा नं ३ सिंगुवा बगैचामा बुधबार देखि हाटबजार सञ्चालनमा आएको छ ।





बुलिङटार गाउँपालिकाका बुलिङटार ३ का वडा अध्यक्ष विष्णुवीर जर्घा मगरको सभापति र प्रमुख अतिथि पालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले बजारको समुद्घघाटन गर्नुभयो ।


उक्त हातबजार हरेक हप्ताको बुधबार दिउँसो २ बजे देखि लाग्ने अध्यक्ष सुनारी मगरले बताउनुभयो । यस कृषि हाटबजारबाट स्थानीय कृषि बाली, स्थानीय उत्पादनले न्याय पाउने विश्वास लिइएको अध्यक्ष सुनारी मगरले बताउनुभयो ।






