चितवन १३ जेष्ठ । नारायणगढ मुग्लिन सडक खण्डमा ३ नम्बर खोला पुल नजिकै बाटो विस्तारको क्रममा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्युभएको छ ।



चितवनको ईच्छाकामना गा.पा. ५ मुग्लिङ नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा पुलको लागि पहाड काट्ने क्रममा स्काभेटरले काम गरिरहँदा पहिरोखसेको हो ।


आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षिय मंगलचौधरीको मृत्यु भएको हो








