नवलपुर २० जेठ। अवैध तरिकाले नदी उत्खनन गरिरहेका ७ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।



गैँडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्याट विल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले ७ वटा टिप्पर गएराति नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले नारायणी नदीबाट लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।








