नवलपुर २० जेठ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई सयले घटेर एक लाख ४२ हजार कायम भएको छ ।


यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन एक लाख ४१ हजार तीन सय पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी एक सय आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








