तनहुँ २१ जेठ । तनहुँको ब्यास नगरपालिका वडा नं. १ अम्रेनीस्थित पृथ्वीराजमार्गमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककोमृत्यु भएको छ ।



मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १२ का २९ वर्षीय प्रवीन कैनी छन् । कैनी व्यास नगरपालिकाका इन्जिनियर हुन् । उनी नगरपालिकाकाे घर नक्साशाखामा कार्यरत थिए ।


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिलिपकुमार हुमागाईंका अनुसार आज दिउँसो करिब २ बजे मुग्लिन–पोखरा सडक आयोजनाकोबागमती प्रदेश ०१–००१ अ य ००३९ नम्बरको पानी ट्यांकरले कैनी सवार ग१९ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इन्स्पेक्टर हुमागाइँले जानकारी दिए ।
ट्यांकर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।








