बुलिङटार ०७ असार । नवलपुरमा ट्याक्टरबाट खसेर एक जना मृत्यु भएको छ ।
बुलिङटार ५ सान्डाडामा भएको ट्याक्टर सवार १८ वर्षीय बिरमाया सारुको पछाडीको चक्काले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताउनु भयो ।



घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि कार्य भइरहेको प्रहरी जनाएको छ । ट्याक्टरका साहु भने सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।










