बुलिङटार १४ असार । बुलिङटार गाउँपालिका बाट प्रथम र दोस्रो श्री छत्तीसा देवी माध्यमिक विद्यालय भएको छ ।



नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका वडा नम्बर-०१ स्थित श्री छत्तीसा देवी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा (SEE) परीक्षा २०८० मा सहभागी भई कृष्ण थापा ३.३७ जि.पि.ए. सहित बुलिङटार गाउँपालिका प्रथम र भूमिका आले ३.२६ जि.पि.ए द्वितीय स्थान हासिल गर्न सफल भएको हो ।


साथै माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरु एवम् उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र मेहनत गर्नुहुने शिक्षक, कर्मचारी, अभिभावक, बि.ब्य.स. र शि.अ.स. पदाधिकारीहरुलाई हार्दिक बधाई एवं शुभकामना स्कुलका प्रधानाध्यापक तेजमान श्रेष्ठले व्यक्त गर्नुभएको छ ।








