चितवन १७ असार । भरतपुर महानगरपालिका वडा नं-२३, घैलाघारीस्थित सडकमा बोलेरो गाडीसँग स्कुटर ठोक्किँदा एक महिला घाइते भएकी छन् ।



जगतपुरबाट माडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १०८७ नम्बरको बोलेरो गाडीको पछाडि सोही दिशाबाट आएको बागमती प्रदेश ०६-००२ प ४९४४ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक भरतपुर-२७ बस्ने ४६ वर्षीया सुशीला पाण्डे भुसाल घाइते भएकी हुन् ।


महिलाको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र बोलेरो र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








