गैडाकोट २२ असार । बिहीबारदेखि लगातार पानी परेपछि नारायणी नदीमा बहाब बढ्दै आएको छ ।



नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामाभारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।










