चितवन २४ असार । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि कम्पनीसँग सम्झौता भएको छ ।



भरतपुर महानगरपालिकाले निर्माण कम्पनीहिमालयन कालिञ्चोक बीबीआर जेभीसँग निर्माणको लागि सम्झौता भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेकी छन् । महानगरका अनुसार ३० महिनाभित्र पहिलो चरणकोनिर्माण सक्ने गरी सम्झौता भएको हो ।


सम्झौता पत्रमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमलेसम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पहिलो चरणको निर्माण कार्य २०८३ पुस २२ गतेभित्र सक्ने गरी सम्झौता भएको हो ।








