गैँडाकोट २४ असार । नवलपुरको गैँडाकोट नारायणी नदीमा तीन जनाको शव फेला परेको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार गैँडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको लास सडेगलेको अवस्थामा भेटिएको हो ।


अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भई रहेको छ । शवको पहिचान हुन सकेको छैन । उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








