बुलिङटार २७ असार । बौदीकाली गाउपालिका र मध्यविन्दु नगरपालिकामा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन् ।बौदीकाली गाउपालिका वडा नं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की र मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियार खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ ।
बेपत्ता भएका हरुको इलाका प्रहरी कार्यालय डेढगाउ र कोल्हुवा प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास सुरु गरेको छ ।











