बुलिङटार २७ असार । कालीगण्डकी करिडोरको गैंडाकोट र बुलिङ्टारमा पहिरोको कारण सडक अवरुद्ध भएको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट नगरपालिका ३ हिउँदे खोलामा र बुलिङटार गाउँपालिका २ मोचडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।


आज विहानदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।








