नवलपुर ३० असार । गैँडाकोट गैरीस्थित नारायणी नदीको बीच टापुमा थप एक जनाको शव फेला परेको छ ।



उक्त शव त्रिशुलीमा खसेका दुईवटा बसमध्येको भएको हुन सक्ने आशंका गरिएको छ ।


इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार बालुवाले पुरी ढाडमात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परिएको हो ।
शवको मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ । यता चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा पनि एक जनाको शव भेटिएको छ ।
यसअघि शुक्रबार गोलालघाटमा एक जना र गैँडाकोट-७, गैरीमा दुई जनाको शव फेला परेको थियो । तीनवटै शव त्रिशूलीमा खसेका बसका यात्रुहरुको रहेको पुष्टि भएको छ ।
यससँगै पाँच जनाको शव फेला परेको छ । जसमा दुई जनाको सनाखत हुन बाँकी छ ।








