नवलपुर २ साउन । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।


जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँकायम भएको हो ।








