काठमाडौं ३ भदौ । Esewa मा प्राविधिक कारण वालेटका सेवाहरू केही समयका लागि अवरुद्ध भएको ईसेवाले जनाएको छ ।
हाम्रो प्राविधिक टोली चाँडो भन्दा चाँडो यसको समाधान गर्न सक्रिय रूपमा लागि परेको छ । यसबाट पर्न जाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ । यस समयमा तपाईंको धैर्य र सहयोगको अपेक्षा गर्दछौँ, ईसेवाले सामाजिक सञ्जालमार्फत भनेको छ ।
















