Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

स्व.गोरे बहादुर खपाङ्गी मगरको आठौं स्मृति दिवस गैंडाकोटमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ भदौ ११ | मध्यान्ह ०७:०५ बजे
गैंडाकोट ११ गैंडाकोट।  नेपाल आदिवासी जनजाती युवा महासंघ गैंडाकोट नगर परिषदको आयोजनामा स्व.गोरे बहादुर खपाङ्गी मगरको आठौं स्मृति दिवस गैंडाकोटमा मनाईयो ।
गैंडाकोट नगरपालिका वडानं.२ भृकुटी चोक स्थित खुल्ला मञ्चमा बिहान ७:०० बजे भेला भै स्वर्गीय खपाङीको जिवनी र योगदान बारे चर्चा परिचर्चाको साथै उहाँको छाया-तस्बिरमा फुलमाला अर्पण गरि कार्यक्रमलाई नेपाल मगर लेखक संघ तमुवान मगरात गण्डकी प्रदेश समितिका उपाध्यक्ष खड्क पाङ्गी आले मगरले सहजीकरण गरेका थिए भने स्वागत मन्तव्य पहिचानवादी युवा सामाजिक अभियान्त लक्ष्मण सिजाली मगरले गरेका थिए।
युवा महासंघ गैंडाकोट नगर परिषदका अध्यक्ष दुर्ग बहादुर राना मगरको अध्यक्षतामा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ गैंडाकोट नगर परिषदको वरिष्ठ उपाध्यक्ष राजकुमार महतो रहेको थियो ।
सम्पन्न स्मृति सभामा लेखक तथा विश्लेषक उजिर राना मगर ले स्व. खपाङ्गी मगरको जिवनी र उहाँले नेपाली समाजलाई दिनु भएको योगदान बारे चर्चा गर्नु भएको थियो। स्वर्गीय खपाङ्गी एउटा व्यक्ति नभई विचार भएको बताउदै उहाँले देखाउनु भएको मार्गदर्शनमा हामी हिंडिरहेको पनि बताउनु भयो ।
खपाङ्गीले यहाँको मुलवासी भुमिपुत्रको लागि सिंगपुर ब्रेतिस भन्दा सिंहदरबार किन टाढा रह्यो भनेर आफुलाई प्रश्न गरेको प्रसंगको उधृत गर्दै अधिकारको बाटो खोज्न मार्ग देखाउने उहीँ खपाङ्गी हुन भन्नू भयो । अर्क वक्त नेपाल मगर लेखक संघ नवलपुर जिल्ला अध्यक्ष टक बहादुर बिर्कट्ट मगरले खपाङ्गीको योगदानको चर्चा गर्दै हामी माझ रहेको जातीय विभेद अन्त्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न जातीय संस्थाको तर्फ बाट थारु कल्याण कारणी सभा गैंडाकोट नगर समितिका अध्यक्ष लक्ष्मी चौधरीले पनि मन्तव्य राखेका थिए। सो स्मृति सभामा नेपाल मगर संघ गैंडाकोट नगर समिति अध्यक्ष दुर्ग बहादुर मसराङ्गी मगर , गैंडाकोट आदर्श तमु समाजका अध्यक्ष वीर बहादुर गुरुङ , नेवा: देय दाबु गैंडाकोट नगर समितिका अध्यक्ष शिवजंग श्रेष्ठ , कुमाल सेवा समिति गैंडाकोटका अध्यक्ष इश्वरी कुमाल, बोटे सेवा समाज गैंडाकोट अध्यक्ष मन बहादुर बोटें तमुह्युल छोजधिं जिल्ला म्हाघी उपाध्यक्ष मधु गुरुङ , लाफा आमा समुहका अध्यक्ष गंगा राई मगर, आदिवासी जनजाति महासंघ पुर्व अध्यक्ष टक बहादुर थापा , पुर्व उपाध्यक्ष प्रेम भुजेल, युवा महा संघका गैंडाकोटका संस्थापक अध्यक्ष रुमकुमार थापा लगायतका बुध्दिजिबीहरुको उपस्थिती रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved