चितवन २८ भदौ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
















