Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार भारतीपुर-उदयपुर- ढाँसी सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन १, मंगलवार १०:०८ बजे प्रकाशित

बुलिङटार ०१ असोज । भारतीपुर-उदयपुर- ढाँसी सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।

नवलपुर क्षेत्र न. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य (सांसद) तथा गण्डकी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय श्री रोशन बहादुर गाहा मगरको प्रमुख अतिथिमा “भारतीपुर-उदयपुर- ढाँसी” सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।

arkhala ads

यस योजनाको लागि माननीय रोशन बहादुर गाहा मगर ज्यूले प्रदेश सरकार अन्तर्गत आ.व.२०८०/२०८१ मा पूर्वाधार विकास कार्यलयबाट रु.५,००,००,००० (अक्षरुपी पाँच करोड रुपैयाँ) बजेट विनियोजन गर्न उल्येखनिय सहयोग गर्नु भएको कुरा स्पष्ट पार्नु भयो । साथै यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न प्रतिबद्ध रहेको जानकारी गराउनु भयो । शिलन्यास कार्यक्रमका विशेष अथिति तथा बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी मगरज्यू ले यस कार्य मा सहयोग गर्ने बिभिन्न राजनितिक दलका नेताहरु तथा सरोकारवाला सबैलाई हार्दिक आभार ब्यक्त गर्नु भयो ।

साथै “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार”बनाउन आफू प्रतिबद्ध रहेको र यस क्षेत्रकै मुटुको रूपमा रहेको साविक भारतीपुर रिंग रोड को रुपमा रहेको ढाँसी- भारतीपुर हुँदै अत्रौली जोड्ने बाटोको बाँकी कामलाई पूर्णता दिन आफू अग्रपंतिमा रहेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।  कार्यक्रमको अध्यक्षता गर्नु भएका बुलिङटार गाउँपालिका वार्ड नं ६ का अध्यक्ष श्री मोहन राज पाठकले वडा नं ६ को विकास को लागि आफू रात दिन नभनी खटिने प्रतिबद्धता जनाउदै सहयोगी सबै सरोकारवाला निकायहरु आभार ब्यक्त गर्नु भयो ।

स्थानीयवासीको उत्साहजक उपस्थितिमा सम्पन्न भएको शिलन्यास कार्यक्रममा उपस्थित हुने सबैले स्थानीय सरकारले जनताको गुनासो सुनेकोमा खुसी व्यक्त गरेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved