गैँडाकोट ८ असोज । जितिया पर्वका अवसरमा गैँडाकोट नगरपालिकामा सार्वजनिक विदा दिइएको छ ।
असौज ९ गते बुधबार परेको जितियाको अवसरमा गैँडाकोट नगरपालिकाभर सार्वजनिक विदा दिइएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार गएको चैत्र २० गते बसेको कार्यपालिकाको बैठकले जितियामा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
















