Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका गण्डकी प्रदेश र नवपरासी (ब.सू.पू.) जिल्ला दुवैमा प्रथम स्थान हासिल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन १०, बिहीबार ०६:०८ बजे प्रकाशित
bulingtar press ads

बुलिङटार १० असोज । बुलिङटार गाउँपालिकाले गण्डकी प्रदेश र नवपरासी (ब.सू.पू.) जिल्ला दुवैमा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

गण्डकी प्रदेश स्तरीय आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी (२०८१ असोज ८–१०) पोखरामा सम्पन्न भएको छ ।

खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३१ वटा सूचकहरुमा अब्बल ठहरिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यनिर्देशनालय गण्डकी प्रदेश पोखराको आ.व. २०८०/८१ को बार्षिक समिक्षामा स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेश अन्तर्गतका स्थानिय तहहरूमध्येबाट बुलिङटार गाउँपालिकाले गण्डकी प्रदेश र नवपरासी (ब.सू.पू.) जिल्ला दुवैमा प्रथम स्थान हासिल गरेको छ ।

स्थानिय तहमा स्वास्थ्य कार्यक्रमहरूकोमुल्यांकन नतिजामा गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहहरूमा प्रथम हुन सफल भई सम्मानित हुन पाउँदा बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा, प्राथमिकस्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी , सामुदायिक स्वास्थ्य ईकाइमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई , म.स्वा.स्व.सेविकाहरु लगाएत अन्य सबैसरोकारवालहरुलाई बुलिङटार गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी मगरज्यूले धन्यबाद दिनु भएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष ले  बुलिङटार दुर्गम स्थानमा रहेको भएतापनि बुलिङटार गाउँपालिका जिल्लाको प्रथम र गण्डकी प्रदेशको  पनि प्रथम  हुनु खुसी रगौरवको कुरा भएको र बुलिङटारको नारा “बस्न योग्य,हेर्न लायक समृद्ध बुलिङटार“निर्माण को एउटा आधार तयार भएको र स्वस्थ्य क्षेत्रमा गरेको उत्कृष्टउपलब्धीले साँच्चिकै बुलिङटारका नागरिकको स्वस्थकर जीवनशैलीमा टेवा पुगेको र स्वास्थ्य सेवाको इतिहासमा एउटा कोषेढुङ्गा साबित भएको भन्दै आफ्नोभनाई राख्नु भएको छ।

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको पहुँच र आधारभूत स्वास्थ्य सेवाको निशुल्क प्राप्तिको सुनिस्चिततालाई  मौलिक हक (धारा ३५)को रुपमा स्थापित गरेको छ साथै संविधानको अनुसूची ८ (स्थानीय तहको अधिकार सूची)मा आधारभूत स्वास्थ्य र सरसफाइको पूर्णअधिकार स्थानीय तहलाई दीएको छ।  स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३(११झ) मा आधारभूत स्वास्थ्य र सरसफाइ सम्बन्धी स्थानीय तहकोकाम कर्तव्य र अधिकार स्पष्ट उल्लेख भए अनुसार आफू प्रतिबद्ध भई काम गरीरहेको जानकारी दिनुभयो ।

अन्त्यमा बुलिङटार गाउँपालिका गण्डकी प्रदेशकैप्रथम हुन सफल भएकोमा बुलिङटार गाउँपालिका स्वास्थ्य शाखालाई विशेष धन्यबाद र श्रेय दिंदै बुलिङटार गा.पा. नागरिकको स्वास्थ्य सेवा प्रवाहमा सधैँसंवेदनशील र गम्भिर रहने अध्यक्ष ज्यूले प्रतिवद्धता जनाउनु भएको छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved