Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य गिरीले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन इमान्दारीताका साथ लागौं

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ अशोज ११ | बिहान ०९:०६ बजे

बुलिङटार ११ असोज । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य विद्रोही गिरीले एमालेलाई राष्ट्रिय बलियो शक्तिको रुपमा देख्नका लागि आम कार्यकर्ता इमान्दारिताका साथ समाजको रुपान्तरणको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेकपा ( एमाले) बुलिङटार गाउँपालिका वडा नं. ३ को दोश्रो वडा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

arkhala ads

एमालेले ५१ प्लसको अवधारणा सहित कार्यक्रमहरु अगाडि बढाएकाले वडास्तरमा त्यसको उपलब्धिका लागि खटिनुपर्ने उहाँले बताउनुभयो । वडामा हुने विकास निर्माण, सामाजिक संघ संस्थामा हुने प्रतिनिधित्व, किसानका कुरा एमाले कार्यकर्ताको प्राथमिकता बिषय बन्दा मिसन चौरासी पुरा गर्न कुनै समस्या नहुने युवा नेता गिरीले बताउनुभयो । पार्टी सरकारमा भएका बेला गरेका राम्रा र उपलब्धिमुलक कार्यक्रम र योजनाका बारेमा आम नागरिकलाई सुसूचित गराउने काम वडा स्तरमा रहेका नेता कार्यकर्ताले गर्नुपर्छ उहाँले भन्नुभयो–‘आफ्ना नेतृत्वमा भएका सबै तहका सरकारले गरेका राम्रा कामको प्रचार गर्नुहोस् पार्टीमा आकर्षण बढ्छ’ ।राजनीतिमा यूवाहरुको आकर्षण गराउनु र उनीहरुलाई आफै माटोमा केही गरौ गरौं भन्ने हुटहुटीको विकास गराउन सबै कार्यकर्ताहरु एकताबद्ध ढङ्गले काममा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

अधिवेशनले बिष्णुबहादुर कुमालको अध्यक्षतामा नयाँ वडा कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा तिलबहादुर सारुमगर, सचिवमा सन्तोषराज नन्द , उपसचिव ( महिला) बिष्णुमाया नेपाली, उपसचिव हेमलाल कुमाल रहेको कमिटी चयन गरेको हो ।

वडाध्यक्ष दामोदर कुमालको अध्यक्षतामा भएको अधिवेशनमा, यूवा नेता गिरी, पूर्व जिल्ला लेखा कमिटीका सदस्य कोषराज पौड्याल, पूर्व जिल्ला सल्लाहकार पदम कुमाल लगाएका नेता कार्यकर्ताहरुले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved