बुलिङ्टार १५ असोज । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद वडा स्तरिय भलिबल प्रतियोगिता तथा ढाँडबेसी रमाइलो मेला २०८१ हुने भएको छ ।

नेपालीहरुको महान पर्व बडा दशैको शुभकामना सहित ढाँडबेसीमा श्री अरुणोदय युवा क्लबको २९औ बार्षिक उत्सब कार्यक्रम २०८१ लाई कला र संस्कृतिको संरक्षण तथा कृषि पर्यटन, उद्योग व्यापार प्रबर्धनका लागि विभिन्न कार्यक्रमको योजना गरि भब्य र सभ्य रुपम सम्पन्न गर्ने भएको छ ।

यस मेलामा मिति २०८१/०६/२७ गते देखि २०८१/०७/०१ गते सम्म आफ्नै खेलमैदानमा विविध कार्यक्रमहरु सञ्चालन हुने यस क्लबका अध्यक्ष श्री विनोदकुमार खण्डलुक मगरले जानकारी दिनुभएको छ ।
कार्यक्रमहरु :
- कार्यकम उद्घाटन, स्थानीय सास्कृक्तिक कार्यक्रम र भलिवल टिम दर्ता २०८१ असोज २७ गते ।
- राष्ट्रिय स्तरका चर्चित कलाकारहरुद्वारा लाइभ लोकदोहोरी धमाका २०८१ असोज २८ गते ।
- भलिबल खेल उद्घाटन तथा खेल सञ्चालन २०८१ असोज २९ गते ।
- भलिवल खेल सञ्चालन २०८१ असोज ३० गते ।
- भलिबल खेल सञ्चालन र समापन २०८१ कार्तिक १ गते ।



















