नवलपुर १८ असोज । नवलपुरको गैँडाकोट-१४, नगर टाँडी निवासी गायक सञ्जय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेऊ न’ बजारमा आएको छ ।
यो गीतलाई कावासोतीको डिटिएम मिडियाले बजारमा ल्याएको हो । यो गीतको बिहीबार कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर सार्वजनिक गरिएको हो । श्रीधर अधिकारीको शब्द तथा लय संकलन र संगीत रहेको छ भने गायक संजय देवकोटा र चर्चित गायिका ऐलिन चौहानले स्वर दिएका छन् ।
गायक सञ्जय देवकोटा स्वयंले पनि यस गीतमा मोडलको भूमिका निर्वाह गरेका छन् भने चर्चित गायक तथा मोडल दुर्गेश थापा, संचिता बोलाके, प्रिंसिका श्रेष्ठ गीतमा मोडलका भूमिका निर्वाह गरेका छन् ।
गीतमा एचबिएन किस्मत संगीत संयोजन, संजय विश्वकर्मा निर्देशन, अर्जुन कँडेलको सहनिर्देशन गरेका गीतको छायांकन सुरेश काफ्ले र आरडी दुलालले गरेको प्रोडक्सन म्यानेजर दीप काफ्लेले बताए ।
यो गीतको छायाङ्कन नवलपुर र चितवन आसपास गरिएको हो ।



















