काठमाडौं १९ असोज । नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ ।
दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको फिल्मको ट्रेलरले सार्वजनिक भएको हो
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको फिल्मले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ ।



















