नवलपरासी २० असोज । पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु र अर्का युवक गम्भीर घाइते भएका छन् ।
गएराति करिब साढे सात बजे पूर्वपश्चिम राजमार्गस्थित सुनवल नगरपालिका ७ ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ८४५३ नम्बरकोमाइक्रोबसले सोही दिशातर्फ गुडिरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ दस नम्बर टोल निवासी ३० वर्षीय ऋषि लम्तरीको मृत्यु भएको हो ।
सोही मोटरसाइकलको पछाडी सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ दस नम्बर टोल निवासी २९ वर्षीय विवेक गुरुङ गम्भीर घाइते भएका छन् ।
दुर्घटनापछि प्रहरीले माइक्रोबस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।



















