नवलपुर २० असोज । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा शनिवार दिउँसो करेन्ट लागेर ४८ वर्षीय बम बहादुर सारु मगर घाइते भएका छन् ।
प्रहरीका अनुसार, आफ्नै घरमा फलामको गेट वेल्डिङ गर्ने क्रममा करेन्ट लागी घाइते भएका हुन् । घाइते सारु मगरलाई उपचारका लागि नयाँ मेडिकल कलेजभरतपुर चितवनमा लगिएको छ ।



















