गैँडाकोट २० असोज । नारायणी नदीमा हाम फालेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक कमला नरालले चितवनको रत्ननगर नगरपालिका वडा नं. १ घर भएकी ४३ बर्षिया रुपा सुवेदीले नदीमा बग्दै गरेको अवस्थामा प्रहरीको टोलीले उद्धार गरेको जानकारी दिनुभयो ।
आज दिउसो ३ वजे उद्धार गरिएकी सुवेदीको भरतपु्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



















