कावासोती २४ असोज । नवलपुरको कावासोतीमा गैँडासँग मोटरसाइकल ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती ८ खरकट्टा जंगलमा बाटो क्रस गर्दै गरेको गैँडासँग ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।
दुर्घटनामा दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा ७ निवासी ३० वर्षीय प्रदीप न्यौपाने र ३५ वर्षीय कृष्ण दहाल घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।



















