Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु दुई जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ कार्तिक ७ | बिहान १०:०७ बजे
चितवन ७ कार्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए । ट्याङकर पछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतानको राति ११ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मृतकको शव भरतपुर अस्तपालको शव गृहमा राखिएको छ ।
सोहि ट्रकका सह चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष स्याङतान मध्यम घाइते भई भरतपुर अस्पतालमा उपचाररत छन् भने ना८ख ८६७४ नम्बरको ट्याङकर चालक मकवानपुर हेटौंडा–१९ नेवारपानी बस्ने बर्ष ३६ को सुदिप तामाङ गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत रहेको रिजालले बताए । ना६ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने बर्ष ३७ को दिपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved