काठमाडौं ११ कात्तिक । साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपालले र भारतमाथि जित हात पारेको छ ।
दशरथ रंगशालामा भएकोतनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो । नेपालकी गोलकिपरले भारतका दुई प्रहार रोकिन् भने नेपालका चारैखेलाडीले लगातार गोल गरेपछि पाँचौँ खेलाडीले पेनाल्टी प्रहार गर्नै परेन् ।
त्यसअघि नेपालकी रेखा पौडेल रातो कार्ड खाँदै बाहिरएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो ।



















