देवचुली २१ कार्तिक । देवचुली नगरपालिकाको कुमसोतमा अटो दुर्घटना ६ जना घाईते भएको छ ।
देवचुली नगरपालिकाको कुमसोतबाट यात्रु लिएर फर्किदै गरेको अटो दुर्घटना हुँदा ६ जना घाईतेभएका छ्न ।
मंगलबार साँझ भएको दुर्घटनामा घाईते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।
उनीहरूको उपचार अहिले देवचुली अस्पतालमा भइरहेको छ। अटो चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



















