Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१ विभिन्न कारणले महोत्सव तीन दिन पछाडि धकेलिए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ कार्तिक २१ | बिहान ०९:०७ बजे

गैँडाकोट २१ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सव तीन दिन पछाडि धकेलिएको छ ।

महासंघले कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने भनेको दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१ विभिन्न कारणले पछाडि धकेलिएको हो ।
महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले उक्त महोत्सव कात्तिक २६ बाट सुरु हुने बताउनुभयो । संयोजक भट्टचनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा मिति २०८१-०७-२३ गते देखि २०८१-०८-१० गतेसम्म हुने भनिएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१’ विभिन्न असहज परिस्थितिका कारण मिति २०८१-०७-२६ गतेबाट २०८१-०८-१० गतेसम्म सञ्चालन हुने व्यहोरा जानकारी गर्दछौँ ।”
महोत्सव तयारीका बारेमा मूल समितिको बैठकसमेत महोत्सव स्थल गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा हुने भएकाले कात्तिक २५ गते दिउँसो १ बजे मूल समितिमा मनोनित सबै सदस्यहरुलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभएको छ । दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने जनाइएको छ । सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको भट्टचनले दाबी गर्नुभयो ।
मेलामार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, त्रिवेणीधामदेखि पोखराहुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य भएको उहाँले बताउनुभयो ।

arkhala ads

कात्तिक २६ गते सुरु भएर मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको भट्टचनको भनाइ छ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मूल संयोजक भट्टचनले बताउनुभयो । महोत्सवको रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने समेत उहाँको भनाइ छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved