Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१ विभिन्न कारणले महोत्सव तीन दिन पछाडि धकेलिए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक २१, बुधबार ०९:३६ बजे प्रकाशित
bulingtar press ads

गैँडाकोट २१ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सव तीन दिन पछाडि धकेलिएको छ ।

महासंघले कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने भनेको दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१ विभिन्न कारणले पछाडि धकेलिएको हो ।
महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले उक्त महोत्सव कात्तिक २६ बाट सुरु हुने बताउनुभयो । संयोजक भट्टचनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा मिति २०८१-०७-२३ गते देखि २०८१-०८-१० गतेसम्म हुने भनिएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१’ विभिन्न असहज परिस्थितिका कारण मिति २०८१-०७-२६ गतेबाट २०८१-०८-१० गतेसम्म सञ्चालन हुने व्यहोरा जानकारी गर्दछौँ ।”
महोत्सव तयारीका बारेमा मूल समितिको बैठकसमेत महोत्सव स्थल गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा हुने भएकाले कात्तिक २५ गते दिउँसो १ बजे मूल समितिमा मनोनित सबै सदस्यहरुलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभएको छ । दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने जनाइएको छ । सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको भट्टचनले दाबी गर्नुभयो ।
मेलामार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, त्रिवेणीधामदेखि पोखराहुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य भएको उहाँले बताउनुभयो ।

कात्तिक २६ गते सुरु भएर मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको भट्टचनको भनाइ छ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मूल संयोजक भट्टचनले बताउनुभयो । महोत्सवको रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने समेत उहाँको भनाइ छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved