चितवन २४ कात्तिक । चितवनमा शनिबार गैँडाले आक्रमण गर्दा एक पुरुष घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका २७ मेघौली निवासी २८ वर्षीया जग बहादुर माझि गैँडाको आक्रमणबाटघाइते भएका हुन् ।
बिहान ९ बजे दुई जना विदेशी पैदल यात्री घुमाउन हिडेका माझिलाई गैँडाले आक्रमण गर्दा पेटमा चोट लागेको छ । माझिको भरतपुर सरकारी अस्पतालमाउपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।



















