काठमाडौं २७ कार्तिक । गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् ।
काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । ‘उहाँलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो ल्याउँदैछौं,’ एसपी होविन्द्र बोगटीले भने । ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।
मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन् ।
उनी पहिले केही समय जेल बसेर छुटेका थिए ।



















