Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको महोत्सवको हालसम्म ४० हजार दर्शकले अवलोकन गरे

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ कार्तिक ३० | मध्यान्ह ०८:०७ बजे

गैँडाकोट ३० कात्तिक । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको महोत्सवको हालसम्म ४० हजार दर्शकले अवलोकन गरेका छन् । कात्तिक २६ गते उद्घाटन गरिएको महोत्सवमा हालसम्म टिकट काटेर ४० हजार दर्शकले अवलोकन गरेका महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।

महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको भन्दै भट्टचनले विशेष गरी अन्डरवाटर फिस टनेल र जनजातिहरुको सांस्कृतिक घर हर्दै मौलिक परिकारको स्वाद लिने दर्शकहरु बढी रहेका बताउनुभयो । आज शुक्रबार महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको भन्दै अध्यक्ष भट्टचनले भोलि शनिबार सार्वजनिक बिदाको दिन भएकाले दर्शकहरुको संख्या अझै बढी हुने बताउनुभयो ।

arkhala ads

भोलि शनिबार चर्चित गायक रामजी खाँण र गायिका प्रिती आलेसहितका कलाकारको समेत उपस्थिति हुने भन्दै उहाँले दर्शकहरुको उपस्थिति बढी हुने बताउनुभयो । आजको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष पशुपति शर्मा, उपाध्यक्ष दीपक खड्का, सहसचिव सीता राना, सृष्टि पौडेल, आयुष्मा केसीलगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । त्यसैगरी अन्य संघसंस्था तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका महोत्सवको साँंस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले बताउनुभयो ।

महोत्सवको सांस्कृतिक कार्यक्रममा भोलि शनिबार प्रिति आले, रामजी खाँण, दीपक खड्का, विमता घर्ती मगर, टीकाराम ढकाल, सृष्टि पौडेललगायतको प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved