चितवन २ मंसिर । नारायणगड–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीरघाइते भएका छन् ।
शनिवार राति ९ः५० बजेको समयमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बागमतीप्रदेश०३–००१ ह ६८० नम्बरको अटो आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा परी अटो चालक भरतपुर–१ रामनगर बस्ने वर्ष ३६ को मेन चन्द्र गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।



















