Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेश महोत्सवको आज १० हजार बढी दर्शकहरुले अवलोकन गरे

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ मंसिर २ | मध्यान्ह ०७:०८ बजे

गैँडाकोट २ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको आज १० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् ।

महोत्सव मूल समिति संयोजकएवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको बताउनुभयो ।

arkhala ads

मंसिर १० गतेसम्म महोत्सव सञ्चालन हुने भन्दै उहाँले अझै एक लाख बढी दर्शकहरु महोत्सव अवलोकन गर्न आउने अपेक्षा रहेको उहाँको भनाइ छ । हालसम्मकरिब ८० हजार दर्शकहरुले महोत्सव अवलोकन गरेका भन्दै उहाँले महोत्सव अवधिसम्म एक लाख ५० हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्नेआफूहरुको अपेक्षा रहेको बताउनुभयो ।महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरलेदर्शकहरुलाई आकर्षण गर्दै लगेको उहाँको भनाइ छ ।

दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिकउपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो। सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । एक करोड ३० लाखरुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिकाज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाईमौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उहाँको भनाइ छ । महोत्सवमा सबै खर्च कटाएर आयोजकले ३० लाख रुपैयाँ बचत गर्ने लक्ष्यराखेको भट्टचनले बताउनुभयो ।

आज महोत्सवमा कलाकार श्याम राना, सीता सापकोटा, दीपक खड्कासहित स्थानीय कलाकारहरुले प्रस्तुती राखेका महोत्सवको सांस्कृतिक कार्यक्रमसहसंयोजक किशोर लम्सालले बताउनुभयो । महोत्सवमा भोलि सोमबार जादुगर बलराम सरकारको प्रस्तुती रहने लम्सालले बताउनुभयो । त्यस्तै, अर्जुनसापकोटा, शान्ति रानी परियार, अविशा राई, बबिता धिताल, दीपक खड्कालगायतका कलाकारको प्रस्तुती रहने लम्सालको भनाइ छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved