बुलिङटार ४ मंसीर । बुलिङटार गाउँपालिका वडा नं ५ र नव जनजागरण दलित समाज संस्थाको आयोजनामा” छुवाछुत मुक्त सचेतना कार्यक्रम २०८१ ” सम्पन्न भएको छ ।

वडा अध्यक्ष विजय थापाको अध्यक्षता,जिल्ला समन्वय समिति सभापती बाबुराम विश्वकर्माको प्रमूख अथिती, गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको विशेष अथिति रहेको यस कार्यक्रममा बुलिङटार गाउँपालिका उपाध्यक्ष दिल माया राना,पूर्व न्यायाधीश ऋषि अधिकारी , जि.स.स.कार्यालय प्रमुख, पत्रकार महासंघ केन्द्रीय सदस्य विद्रोही गिरी लगायत बिभिन्न राजनितिक दलका नेताहरु, वडा अध्यक्षहरू, विद्यालय परिवार, समाजसेवी तथा स्थानीयबासीको उपस्थितिमा बुलिङटार गाउँपालिकाको यस वडालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त ऐतिहासिक वडा घोषणा गरिएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष दिपेन्द्र सुनारीले जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्नु सामाजिक रूपमा अमानवीय र असव्य व्यवहार एवम् कानुनको नजरमा फौजदारी अपराध भएता पनि भौगालिक हिसाव ,शिक्षा तथा चेतना का कारण हाम्रो पालिका भित्र अझै पनि जात, धर्म, लिङ्ग आदिका आधारमा भेदभाव पूर्ण रूपमा अन्त्य नभएका कारण बुलिङटार गाउँपालिका र वडाहरूले यस प्रकारका कार्यक्रम गरेका हौं भन्नु भयो ।
साथै नेपालको संविधानले कुनै पनि व्यक्तिमाथि जन्म, जात, उत्पति, धर्म, लिङ्ग, क्षेत्र र विषेशता का आधारमा विभेद गरिने छैन भन्ने कुरा स्पष्ट लेखिएको छ,यस तथ्यलाई हामी र हाम्रो गाउँपालिकाले पूर्ण रूपमा कार्यन्वयन गर्ने भन्दै प्रतिबद्धता व्यक्त गर्नु भयो ।



















